अनेरास्ववियुले गृहमन्त्रीको पुतला जलायो
विदुर खबर
२०७८ भदौ २१ गते १९:०२
नुवाकोट । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएको छ ।
नयाँ बानेश्वरस्थित मीनभवन क्याम्पस अगाडि अनेरास्ववियूले गृहमन्त्रीख खाँणको पुतला जलाएको होे ।
गृहमन्त्री खाँणको पुतला जलाउनुका अनेरास्ववियुले गृहमन्त्रालयले कुनै पनि मित्रराष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्न नपाइने भन्दै जारी गरेको विज्ञप्ति पनि जलाएको छ ।
यही १८ भदौमा भारतीय हस्तक्षेपविरुद्ध आरआर क्याम्पस अगाडि विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएपछि गृहमन्त्रायले छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।
सोही विज्ञप्तिको विरोध गर्दै आज दिउँसो गृहमन्त्री खाँणको पुतला र विज्ञप्ति जलाइएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया