दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै

विदुर खबर २०७८ भदौ २० गते ११:००

नुवाकोट । पहिलो खेलमा बराबरी खेलेका नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार आज हुँदैछ ।

Advertisement

साँझ साढे ५ बजे  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ । यसअघिकाे पहिलो खेलमा १-१ को बराबर खेल्दै अंक बाँडेका नेपाल-भारत दोस्रो खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् ।  फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ ।पाँच हजारभन्दा बढी घरेलु दर्शक माझ नेपालले खेल आफ्नो पकडमा राख्न सक्ने माैका छ ।

भारतीय प्रशिक्षक इगोरले आइतबारकाे दोस्रो खेलमा नेपालविरुद्ध ‘प्लेईङ सेट’ केही परिवर्तन गर्न सक्छन् । उनले पहिलो दिनको पहिलो हाफमा आफ्ना खेलाडी चल्न नसकेपछि ४६औँ मिनेटमै तीन खेलाडी परिवर्तन गरेका थिए । नेपालविरुद्ध भारतका दुई खेलाडीले डेब्यु गरेका थिए भने नेपालका मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेले ।

Advertisement

नेपाल र भारत अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा मैत्रीपूर्ण खेल खेलिरहेका हुन् ।

नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ ।

Advertisement

प्रतिक्रिया