कांग्रेस सभापति बन्न रसुवामा ४ जनाको दाबी
रसुवा । कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्वका लागि पनि कसरत सुरु भएको छ ।
जल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ । यस्तै महाधिवेशनले हिमाली जिल्ला रसुवा पनि गर्माएको छ । केन्द्रमा बन्ने समीकरण टुंगो लागिनसकेका कारण जिल्लामा कुन दाबेदार बलियो र कस्तो समीकरण बन्ने अझै अनिश्चित छ ।
रसुवामा सभापतिको लागि ४ जनाले दाबी गरिरहेका छन् । जिल्ला सभापति पेम्बाछिरिङ तामाङ र उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल देउवा समूहको उम्मेदवार बन्ने दौडमा छन । पूर्वसभापति लामाकार्पु तामाङ र प्रदेश सांसद प्रभात लामा पौडेल समूहबाट आकांक्षी छन ।
केन्द्रीय सभापतिका आकांक्षीहरूले आफ्नो पक्षमा माहोल बनाउन आफूनिकट नेताहरूलाई जिल्ला–जिल्लामा परिचालन गरेका छन । जिल्लामा सभापति र महाधिवेशन प्रतिनिधिमा आफ्नो पकड बढाउन उनीहरूको निर्देशन छ ।
तर, केन्द्रमा जस्तै जिल्लामा पनि हरेक समूहमा सभापतिका आकांक्षी धेरै छन् । हरेक जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला समूह छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया