देशभर वर्षाकाे सम्भावना, प्रदेश १ र गण्डकीमा ठूलाे पानी पर्ने
विदुर खबर
२०७८ भदौ १९ गते ७:१२

नुवाकोट । आज शनिबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहे रहे पनि वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको आँकलन गरिएको छ ।
राति प्रदेश २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
Advertisement
यसैगरी, आइतबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया