नेपाल विद्युत प्राधिकरणले करिब ३ सय कर्मचारी माग्यो

विदुर खबर २०७८ भदौ १८ गते २१:०४

नुवाकोट । नेपाल विद्युत प्राधिकरणले करिब ३ सय कर्मचारी माग गर्दै पदपूर्ति गर्ने सूचना निकालेको छ। शुक्रबार प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा २७८ कर्मचारीको माग गर्दै सूचना निकालेको हो।

Advertisement

प्राधिकरणले अधिकृत, सहायक स्तरका मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्रीमा कर्मचारी माग गरेको छ।

इच्छुक उम्मेद्वारले असोज ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

Advertisement

 

प्रतिक्रिया