नुवाकोटको त्रिशुली अस्पतालमा विस्तारित सेवा शुरु

विदुर खबर २०७८ भदौ १८ गते १७:०२

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालले आइतवारदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । यो सेवाअन्तर्गत दिउँसो ३ : ३० बजेदेखि ७ बजेसम्म अस्पतालमा सशुल्क विशेषज्ञ सेवा दिइने छ ।

Advertisement

अस्पतालले शुक्रवार एक विज्ञप्ती जारी आइतवारदेखि विस्तारित सेवा शुरु गर्न लागेको जानकारी दिएको छ ।

कार्यालय समयभित्र उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताका कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधि अनुसार विस्तारित सेवा सुरु गर्न लागिएको हो ।

Advertisement

अबदेखि नियमित सेवा लिन चाहने सेवाग्राहीहरुले बिहान ९ः०० बजे देखि दिउँसो १२ः०० बजेसम्म र विस्तारित सेवा लिन चाहने सेवाग्राहीहरुले बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म नाम दर्ता गरी सेवा लिन सकिने व्यवस्था मिलाईएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

जनशक्तिको अभावमा अहिले हरेक दिन थोरै मात्र रोगको बिशेष सेवा दिने ब्यवस्था गरेको अस्पतालले अस्पतालको नियमित तथा विस्तारित सेवामा साधारण स्वास्थ्य समस्या, मेडिसिन, बालरोग, स्त्री तथा प्रसुती, सर्जरी, हाडजोर्नी लगायतका विभिन्न विधाका उपचार सेवा उपलब्ध हुने जानकारी अस्पताल प्रशासनले दिएको छ ।

Advertisement

विस्तारित सेवाको लागि अस्पताल परिसरमा छुट्टै टिकट काउण्टरको समेत व्यवस्था गरेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया