नुवाकोटमा आज ५१ जना कोरोनामुत्त भए

विदुर खबर २०७८ भदौ १८ गते १४:२९

नुवाकोट । नुवाकोटमा आज ५१ जना कोरोनामुत्त भएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५१ जना कोरोनामुत्त भएका हुन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ६ सय ८४ पुगेको छ ।

कोरोनामुत्त भएर घर फर्कनेको संख्या बढेसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्यामा सकेत कमि देखिएको छ । आज जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १७ मा झरेको छ ।

Advertisement

हाल जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये एकसय ८८ जना होम आइसोलेसनमा, १८ जना अस्पतालमा र ११ जना होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १६ जना कोरोना संक्रमित थपिएका छन् । भेटिएका संक्रमितमध्ये ६ जना विदुर नगरपालिकाका रहेका छन् ।

Advertisement

यस्तै तादी गाउँपालिकामा ३ जना संक्रमित थपिँदा बेलकोटगढी र सुर्यगढी गाउँपालिकामा समान २÷२ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै लिखु गाउँपालिका, शिपवुरी गाउँपालिका र किस्पाङ गाउँपालिकामा समान एक÷उक जनामा कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ४६ जना पुगेको छ । जिल्लामा हालसम्म ४५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

नुवाकोटमा हालसम्म २६ हजार ६ सय ६७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया