चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु

विदुर खबर २०७८ भदौ १८ गते १३:१४

Advertisement

नुवाकोट । तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ ।

भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

Advertisement

बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो । घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएको मृत्यु भएको तिमल्सिनाले बताए ।  बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिँदैछ ।

Advertisement

प्रतिक्रिया