सेनामा भर्ना खुल्यो,चार हजारलाई जागिरकाे अवसर

नुवाकोट ।नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हाे । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ ।
यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८, महिलाका लागि ३६०, आदिवासी जनजातिका ५७३, मधेसीका लागि ५०५, दलितका लागि २७३ र पिछडिएका क्षेत्रका लागि ८५ सिट छुट्याइएको छ ।
योग्यता पुगेका उम्मेदवारले १६ असोजसम्म दरखास्त पेश गर्न सक्नेछन् भने २४ असोजसम्म दोब्बर दस्तुर बुझाएर पनि दस्खास्त दिन सकिनेछ ।
दरखास्त जंगी अड्डाको हकमा नारायणहिटीस्थित नेपाल क्याभलरी र उत्तरतर्फको खेल मैदान तथा अन्य भर्नाकेन्द्रमा सम्बन्धित केन्द्रमै दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
सैन्य पदका लागि दरखास्त दिन कम्तिमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । पुरुषको हकमा उचाईँ न्यूनतम पाँच फिट तीन इन्च र महिलाको हकमा पाँच फिट हुनुपर्नेछ । पुरुषको हकमा तौल ५० किलो र महिलाको हकमा ४० किलो कायम गरिएको छ ।
यसैगरी, पुरुषको हकमा छाती नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया