रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित

नुवाकोट । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको विश्व कीर्तिमानसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ ।
बुधबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा रोनाल्डोको कीर्तिमानी दुई गोलसहित पोर्चुगलले आयरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एक गोलले पछि परेको अवस्थामा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा ११० र १११ गोल गरेका हुन् । दुबै हेड गोल गर्नुअघि रोनाल्डोले पेनाल्टी चुकाएका थिए ।
आयरल्याण्डका १९ वर्षीय गोलरक्षक गाभिन बाजुनुले खेलको १५औँ मिनेटमा रोनाल्डोको पेनाल्टी बचाउ गरेका हुन् ।
यसअघि खेलमा आयरल्याण्डले ४५ मिनेटमा अग्रता बनाएको थियो । जोहन एगानले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समय सम्हालिन नसक्दा आयरल्याण्ड तीन अंक गुमाउन बाध्य भयो ।
दोस्रो पटक इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडमा अनुबन्धन भएका रोनाल्डोले खेलको ८९औँ मिनेट र थपिएको छैटाैँ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंकसहित आफ्नो नाममा कीर्तिमानी लेखाए ।
यसअघि अन्तर्राष्ट्रिय फुटबलमा इरानका अलि डाईले १०९ गोल गर्दै सो कीर्तिमान आफ्नो नाममा राखेका थिए । अलिले सन् १९९३ बाट २००६ सम्म खेल्दा १०९ गोल गरेका थिए ।
फिफा विश्वकप छनोटमा पोर्चुगल समूह ‘ए’ मा छ । उसले चार खेलबाट १० अंक बनाएको छ । साेही समूहमा सर्बिया सात अंकसहित दोस्रो, लक्जमवर्गको ६ अंकसहित तेस्रो स्थानमा रहँदा आयरल्याण्ड र अजरबैजानले अंक तालिकामा खाता खोल्न सकेका छैनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया