नुवाकोटमा कोरोना संक्रमितको संख्या घट्दै
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
पछिल्लो एक सातायता जिल्लामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्यामा समेत कमी आएको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज जिल्लाम सक्रिय कोरोना संक्रमितको संख्या २ सय ६९ मा झरेको छ । सक्रिय कोरोना संक्रमितमध्ये २ सय ४३ जना होम आइसोलेसनमा, १५ जना अस्पतालमा र ११ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाम १९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विदुर नगरपालिकामा १३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
यस्तै बेलकोटगढी नगरपालिकामा ३ जना संक्रमित थपिँदा सुर्यगढी, तादी र म्यागङ गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण भेटिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय १७ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३६ जना कोरोनामुत्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ भने २६ हजार ५ सय २६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया