कांग्रेस १४औं महाधिवेशन : विमलेन्द्र, गगनपछि कल्याण गुरुङ उम्मेदवारी घोषणा गर्दै
नुवाकोट । नेपाली कांग्रेसको १४औं महधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।
निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन् । नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यसैगरी, युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन् । थापा यसअघि १३औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए ।
यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि उम्मदेवारी दिने भएका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गुरुङले बुधबार औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताए ।
पार्टीमा युवाको हस्तक्षेप बढाउन पनि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया