बागमती प्रदेशका ११ सांसद एकीकृत समाजवादीमा

विदुर खबर २०७८ भदौ १५ गते १५:२२

नुवाकोट । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा बागमती प्रदेशका ११ सांसदले सनाखत गरेका छन् ।

Advertisement

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालनिकट अष्टलक्ष्मी शाक्यलाई बागमतीको मुख्यमन्त्री पदका लागि अघि सारेका थिए । शाक्य मुख्यमन्त्री बन्दा नेपालनिकट सांसद एमालेमै बस्ने आँकलन विपरीत मंगलबार ११ सांसद एकीकृत समाजवादीमा खुलेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भइ सनाखत गर्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल छन् । यस्तै बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीका नाममा सनाखत गरेका हुन् ।

Advertisement

अष्टलक्ष्मी शाक्यले नियुक्त गरेकी सामाजिक विकास मन्त्री कृष्ण खनाल भने त्यहाँ उपस्थित छैनन् । तर सांसद हुमागाईंका अनुसार खनाल सनाखतमा लागि आउने पक्का भैसकेको छ ।

 

Advertisement

प्रतिक्रिया