नुवाकोटमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु
नुवाकोट । नुवाकोटमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका वडा नम्बर १ भकुण्डेकी ५६ वर्षिया दुर्गा ढकाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमबार बिहान ४ बजे उनलाई सुतिरहेको बेला ओज्यानमै सर्पले डसेर घाइते बनाएको उनका श्रीमान केशव ढकालले जानकारी दिए । सर्पले टोकेर घाइते भएकी उनको उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्लामा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा काठमाडौं उपत्यका लैजानुपर्ने बाध्यता रहदै आएको छ ।
जिल्ला अस्पताल त्रिशुलीमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ नभएका कारण जिल्ला तहमा उपचार हुन नपाउँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको हो । सरकारले सरकारीस्तरबाट नै जिल्ला तहमा सर्पदंश उपचार केन्द्र खोल्नुपर्ने सरोकारवालाहरु बताउँछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया