नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सयमा झर्याे

विदुर खबर २०७८ भदौ १४ गते १८:३३

नुवाकोट । पछिल्लाे एकसाता यता नुवाकाेटमा दैनिक रूपमा काेराेना भाइरसका संक्रमित घटेसँगै जिल्लामा काेराेना भाइरसका सक्रिय संक्रिमतकाे संख्या घट्न थालेकाे छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकाेटका अनुसार पछिल्लाे २४ घण्टामा जिल्लामा ३० जना काेरानामुत्त भएसँगै जिल्लामा सक्रिय काेराेना संक्रिमतकाे संख्या समेत घटेकाे हाे ।

हाल जिल्लामा ३ सय ३ जना सकृय काेराेना संक्रमित रहेकाे कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । सक्रिय संक्रमितममध्ये २ सय ७२ जना हाेम अाइसाेलेसनमा उपचाररत रहेका छन् । यस्तै १७ जना अस्पतालमा र १४ जना हाेम अाइसाेलेसनमा उपचाररत छन् ।

Advertisement

यस्तै पछिल्लाे २४ घण्टामा जिल्लामा १९ जना काेराेना संक्रिमत थपिएका छन् । थपिएका संक्रमितमध्ये विदुर नगरपालिकाका मात्रै १६ जना । रहेका छन् ।

यस्तै बेलकाेटगढी नगरपािलकामा २ जना थपिँदा तारकेश्वर गाउँपािलकाका एक जनामा काेराेना पुष्टि भएकाे छ । यससँगै जिल्लामा काेराेना संक्रमितकाे संख्या ७ हजार ८ सय ८१ पुगेकाे छ ।

Advertisement

पछिल्लाे २४ घण्टामा जिल्लामा एक जना काेराेना संक्रिमतकाे मृत्यु भएकाे छ । यससँगै जिल्लामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे छ ।

नुवाकाेटमा हालसम्म २६ हजार ३ सय ९९ जनाकाे पिसिअार परिक्षण गरिएकाे छ ।

प्रतिक्रिया