मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौं आइपुग्यो
नुवाकोट । नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ ।
नेपाल र भारतबीच यही १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो ।
गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआईएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री रहेका छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धुसमेत नेपाल भ्रमणमा रहनेछन् ।
नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम रहेको छ ।
यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए ।
१५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली हिजो (आइतबार) काठमाडौ फर्किएको हो ।
भारतीय टोली
गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम, अम्रिन्दर सिंह
डिफेण्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश बोस, सेरिटन फर्नाण्डेज,
मिडफिल्डर : अनिरुद्र थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह
स्ट्राइकर : मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया