सुत्केरी महिलाको मृत्यु

विदुर खबर २०७८ भदौ १४ गते १७:२२

नुवाकोट । अछामको चौरपाटी गाउँपालिका– ५ लुग्राकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

Advertisement

२६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको मृतकका भतिजा पूर्ण विश्वकर्माले  जानकारी दिए ।

६ भदौमा नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि विकलाई कोहलपुर लगिएको थियो । वयलपाटा अस्पतालमा विकको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।

Advertisement

स्वास्थ्यमा थप समस्या आएपछि उनलाई पुनः शल्यक्रियाको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । जन्मिएको शिशुको ६ भदौमा वयलपाटा अस्पतालमा मृत्यु भइसकेको थियो ।

मृतक विकका एक छोरा र छोरी छन् ।

Advertisement

प्रतिक्रिया