नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली आज आउँदै
नुवाकोट । नेपालविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलका लागि भारतीय फुटबल टोली आज साेमबार नेपाल आउँदैछ ।
१७ र २० भदाैमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलकाे ३७ सदस्यीय टोली आउन लागेकाे अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जानकारी दिएकाे छ ।दुवै खेलले फिफा मान्यता पाएका छन् ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले २५ खेलाडी तथा १२ अफिसियल साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको न्यूज कारखानालाई बताए ।
गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआइएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धु समेत नेपाल भ्रमणमा रहनेछन् ।
नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने महासचिव तुलाधरले बताए । टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम छ ।
नेपालले समेत भारतविरुद्ध खेलका लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली आइतबार काठमाडौं फर्किएको हो ।
भारतीय टोलीमा काे काे छन् ?
गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम, अम्रिन्दर सिंह ।
डिफेण्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश बोस, सेरिटन फर्नाण्डेज ।
मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेस सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह ।
स्ट्राइकर : मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया