तेह्रथुम पावरको आईपिओमा ४१ गुणा बढीको आवेदन
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/08/terathum-power-partner.jpg)
नुवाकोट । तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा ४१ गुणा बढीको आवेदन परेको छ ।
आवेदन दिने आज अन्तिम दिन साँझसम्ममा २३ लाख ८८ हजार ३ सय ३२ जना आवेदकबाट ३ करोड १० लाख ९२ हजार ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ४१.७९ गुणा बढी हो ।
कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणलाई शेयर खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको थियो भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको थियो। बाँकि रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएक हुन्।
माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । कम्पनीको आईपिओ ७४ हजार ४ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख भन्दा बढी आवेदक हात खाली हुने देखिन्छ । यद्यपि यो आवेदन भेरिफाई हुनु अगाडीको तथ्यांक रहेकोले अन्तिम डाटा केहि तलमाथि हुन सक्ने छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि हुन लागेको हो । कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण सम्पन्न गरेको छ भने तेह्रथुम मै २ मेगावाटको अर्को आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको छ।
कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया