रसुवाको उत्तरगया गाउँपालिकाको बेरुजु १ करोड २९ लाख

विदुर खबर २०७८ भदौ १२ गते ६:३४

रसुवा। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका कर्मचारीलाई गाँउपालिकाका अध्यक्षले चार महिनादेखि हाजिरै गर्न नदिएको भेटिएको छ ।

Advertisement

आफू अनुकुलका कर्मचारीलाई भने सात महिनादेखि सरुवा हुनै नदिएर सोही पालिकामा रोकिरहेको भेटिएको छ ।
ररसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्सालले आफू अनुकुलका कर्मचारीलाई सात महिनादेखि सरुवा हुन रोकेर राखेको र मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिरै हुन नदिएको भेटिएको हो ।

२० महिना अघि सो पालिकामा पुगेका शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतका अर्जुन खड्का त्यहाँबाट सरुवा हुन खोजे । सोही अनुसार उनले प्रक्रिया पनि अघि बढाए । र,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ फागुन १६ गते गृहमा पदस्थापन गरिदियो ।

Advertisement

कागजात अनुसार खड्कालाई ७७ फागुन १३ को निर्णय अनुसार गृह मन्त्रालयमा पदस्थापन गरिएको पत्र पठाइएको छ ।तर उनलाई सोही पालिकाबाट सरुवा हुनै दिएनन् अध्यक्ष लम्सालले ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ महिना अघि पवन कुमार प्याकुरेललाई सोही पालिकाको प्रमुख प्रशाकीय अधिकृतको रुपमा खटायो । मन्त्रालयका शाखा अधिकृत टेकराज आचार्यद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८४ को उपदफा (४) बमोजिम यस मन्त्रालयमा अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी कामकाज गर्न खटाइएको व्यहोरा ०७८ वैशाख ९ को निर्णयअनुसार अनुरोध छ । उनी नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत थिए ।

Advertisement

एकातिर मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर हुन आउलास भन्दै धम्काउने र अर्काेतिर सरुवा हुन खोजेका कर्मचारीलाई त्यहाँबाट सरुवा हुनै नदिएर कर्मचारीमाथि राजनीति गर्दै आएका छन् लम्सालले । यसरी मन्त्रालयले खटाएको प्रशासकीय अधिकृतलाई हाजिरै हुन नदिने र त्यहाँ कार्यरत प्रशासकीय अधिकृतलाई सरुवा रोकिराख्नुको कारण हो उनको अनियमित कर्म भण्डाफोर हुने डर ।

महालेखा परीक्षकको कार्यालयलको हालै सार्वजनिक ५८ औं बार्षिक प्रतिवेदन अनुसार सो पालिकाको अघिल्लो आर्थिक बर्षको बेरुजुमात्र १ करोड १२ लाख ४६ हजार बेरुजु भेटिएको छ । झण्डै २९ करोड बजेट रहेको सो पालिकामा महालेखाले १ करोड १२ लाख ४६ हजार बेरुजु देखाएको छ ।

नयाँ कर्मचारी आउँदा अनियमितता गर्न अप्ठ्यारो पर्ने भएका कारण प्याकुरेललाई पालिकामा आउन नदिएको चर्चा  छ ।

प्रतिक्रिया