नेपाल विरुद्ध खेल्न सुनिल क्षेत्रीसहितको सिनियर टोली नै आउने

नुवाकोट । नेपाल विरुद्ध हुने दुई मैत्रीपुर्ण फुटबल म्याचका लागि भारतको सिनियर फुटबल टोली नै आउने पक्का भएको छ ।
मुख्य प्रशिक्षक इगोर स्टिम्याकले शुक्रबार नेपाल विरुद्ध उत्रिने नियमित कप्तान सुनिल क्षेत्रीसहितको २५ सदस्यीय भारतीय फुटबल टोलीको घोषणा गरेका छन् ।
टोलीमा हालै एएफसी कप खेलेका एटलेटिको मोहन बगान र बैंगलुरु एफसीका अधिकांश मुख्य खेलाडीहरु सामेल छन् । टोलीमा डिफेन्डर सन्देश झिंगन मात्र छैनन् । उनी हालै क्रोएशियन क्लब एचएनके सिवेनिकमा आवद्ध भएकाले तत्काल उनी राष्ट्रिय टोलीमा सामेल हुन नसकेका हुन् ।
स्टिम्याकले घोषणा गरेको टोलीमा कप्तान क्षेत्री सहित मनविर सिंह, पहिलो रोजाईका गोलरक्षक गुरप्रित सिंह सन्धु, अनिरुध थापा, बिपिन सिंह, मनविर सिंह, ग्लेन मार्टिन्स, प्रनय हल्दर जस्ता खेलाडीहरु पनि सामेल छन् ।
स्मरण रहोस, साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीच यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन दशरथ रंगशालामा दुई मैत्रीपुर्ण फुटबल म्याच हुँदैछ ।
प्रतिक्रिया