भीम रावललाई धक्का, ककस्ले साथ छाडे

नुवाकोट । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको सुदूरपश्चिममा बलियो पकड छ ।
एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच विगतमा शक्तिसंघर्ष हुँदा सुदूरपश्चिममा रावलका कारण ओलीविरोधी बलियो देखिन्थे । सुदूरपश्चिममा मात्र ओली अल्पमतमा थिए ।
अहिले भीम रावलले माधव नेपालको साथ छाडेपछि सुदूरपश्चिममा माधव नेपाल कमजोर भएका छन् । तर, रावललाई पनि केही विश्वासपात्रहरुले छाडिदिएका छन् । उनको पकड विगतको तुलनामा गुमेको छ । यसले रावललाई राजनीतिमा धक्का लागेको छ ।
भीम रावललाई दीर्घ सोडारीले साथ छाडेका छन् । उनी रावलका विश्वासपात्र मानिन्थे । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधारमन्त्री सोडारी कैलालीमा प्रभावशाली मानिन्छन् । अहिले नेकपा एसमा छन् ।
सुदूरपश्चिम प्रदेशमा मन्त्री रहेका पूर्णा जोशी र माया भट्टका अलावा प्रदेश सभा सदस्य तारा लामा पनि नेकपा एसमा गएका छन् । उनीहरु रावल निकट मानिन्थे । अछामका शेरबहादुर कुँवरले पनि भीम रावलको साथ छाडेका छन् । कुँवर अछाम जिल्ला अध्यक्ष भइसकेका छन् । तर, रावल एमालेमा रहेपनि उनले साथ छाडेर नेकपा एस रोजेका छन् । यसले रावललाई गृहजिल्लामै कमजोर बनाउन सक्छ ।
एमाले संसदीय दलका नेता प्रकाश शाह मात्र रावलको पक्षमा खुलेका छन् । सुदूरपश्चिममा २५ जना नेकपा एमालेका प्रदेश सभा सांसद थिए । ओलीको पक्षमा ८ र ओलीइतर समूहमा १७ थिए । १७ मध्ये अधिकांश नेकपा एसमा जानसक्ने देखिएको छ । उनीहरुलाई रोक्न प्रयास भइरहेको छ । २१ दिनभित्र दल रोज्ने गरी अध्यादेशमा उल्लेख भएकाले केही दिनमै छिनोफानो हुनसक्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया