मैलुङ खोलाकाे शेयर सूचीकरण कहिले ?

विदुर खबर २०७८ भदौ ११ गते १४:३४

नुवाकोट । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएको शेयर सूचीकरणमा ढिलाई भैरहेको छ ।

Advertisement

कम्पनीले साउन १४ गते देखि निष्काशन गरेको शेयर साउन २६ गते बाँडफाँड गरेको थियो । कम्पनीले निष्काशन गरेको शेयर बाँडफाँट भएको दुई साता भन्दा धेरै भैसक्दा पनि अझै नेप्सेमा सूचीकृत भएको छैन् ।

शेयर रजिष्टार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीले जनाएको छ । कम्पनी सचीव लुमिना तुलाधारका अनुसार अब शेयर राजिष्टारको काम बिओके क्यापिटलले गर्नेछ ।

Advertisement

यस अघि कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको थियो । कम्पनी सचिव तुलाधारले अर्को साता भित्र शेयर सूचीकरण हुनेगरि तयारी भैरहेको जानकारी गराईन् ।

कम्पनीले साउन १४ बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको थियो ।

Advertisement

कम्पनीको शेयर ६८ हजार ४७४ जनालाई १० कित्ताका दरल पाउँदा त्यस मध्येकै ६ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर पाएका थिए ।

प्रतिक्रिया