तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै
नुवाकोट । अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ ।
अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तान जान खोज्नेमा विद्यार्थी, पूर्व सुरक्षाकर्मी, व्यावसायीदेखि व्यापारीसम्म छन् । तालिवानको शासनमा आफूहरुले पढ्न नपाउने भएकोले कतिपय किशोरीहरु रातारात भागेर पाकिस्तान पुगेका छन् । तालिवानले यसअघि नै महिलालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । तर, उत्तर अफगानिस्तानका मानिसहरु भने आफूहरुमाथि जुनसुकै बेला कारबाही हुने डरले देश छोडेको बताएका छन् ।
देश छोडेका अफगानीमध्ये केहीका छिमेकी, साथी र परिबारका सदस्य पाकिस्तानमा रहेको र कोहीको पाकिस्तानमै घर छ । त्यस्तै, देश छोड्नेमा अफगान सरकारका सुरक्षाकर्मी उल्लेख्य छन् । तालिवानले कुनै पनि बदला लिन सक्ने डरले उनीहरु सुरक्षाका लागि पाकिस्तान जान लागेका हुन् ।
अल्पसंख्यक हजरा समुदायका व्यक्ति पनि पाकिस्तानमा जान चाहेको बताएका छन् । ‘तालिवान हामीप्रति कठोर छन् । उनीहरुको शासनकालमा अफगानिस्तानमा हामीले सोचे जस्तो आनन्द पाउदैनौ । त्यही भएर घर छोडेर हिडेका हांै,’ हजरा समुदायकी एक महिला भन्छिन, ‘घर छोड्दा हामी निकै त्रसित थियौ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया