जीवन विकास लघुवित्तको शेयर मूल्य ५ हजार पुग्यो
नुवाकोट । जीवन विकास लघुवित्तको शेयर मूल्य प्रति कित्ता ५ हजार नाघेको छ । कम्पनीको शेयर मुल्य मा आज बिहिबार पनि सकारात्मक सर्किट लागेपछि मूल्य ५ हजार नाघेको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य प्रति कित्ता ५ हजार १ सय ९८ रुपैयाँ ९० पैसा रहेको छ ।
कम्पनीको पहिलो कारोबार साउन १४ गतेबाट भएको थियो । १७ कारोबार दिनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५ हजार नाघेको हो । नेप्सेमा कम्पनीको ६० लाख ८४ हजार कित्ता शेयर सुचिकृत छ ।
कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।
आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको थियो । ६९ हजार ९ जनाको आवेदन मध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको थियो । यस हिसाबमा २० लाख १८ हजार ३ सय ८ जना आवेदक योग्य रहेका थिए। माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २० लाख १८ हजार ३ सय ८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफांड गरिएको थियो ।
जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ जनाले १० कित्ता शेयर पाएका थिए भने ५ जनाले ११ कित्ता शेयर पाएका थिए । यस हिसाबमा १९ लाख २ हजार ५ सय १६ जना आवेदक हात खाली भएका थिए । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया