नुवाकोटेले बुद्धभुमि हाइड्रोपावरको सेयर कति भर्ने ?

विदुर खबर २०७८ भदौ १० गते ८:५९

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित नुवाकोटका स्थानियलाई जारी गरिरहेको छ ।

Advertisement

हाइड्रोपावरले साउन ३२ गतेदेखि आयोजना प्रभावित जिल्लावासीहरुलाई जारी गरेको आईपीओमा कति सेयर भर्ने भन्ने प्रश्न उठिरहेको छ ।आज यस जिज्ञासालाई हामीले मेट्ने प्रयास गरेका छौ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।अहिले प्राथमिक शेयरका खरिदका लागि आवेदन गर्न डिम्याट खाता खोल्नेको संख्या ४० लाख ३१ हजार ८ सय ३६ पुगेको छ ।

Advertisement

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधवारसम्म नुवाकोटमा स्थायी घर भएकाहरु अर्थात नुवाकोटका झन्डै ६० हजारले डिम्याट खाता खोलिसकेका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सुचना अधिकारी सुरेश न्यापानेका अनुसार पछिल्लो एकवर्षमा मात्रै नुवाकोटका २५ हजार एकसउ ७८ जनाले डिम्याट खाता खोलिसकेका छन् ।

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बुधवारसम्ममा कम्पनीको आइपीओमा ९ हजार ५ सय ३५ जना आवेदकबाट ७ लाख २३ हजार ३ सय ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो
आयोजनाले नुवाकोटका लागि जारी गरेको ४ लाख कित्ता सेयर र अहिलेसम्मको सेयर आवेदन संख्या अनुसार यो जलविद्युत्तको सेयर बढीमा ४० कित्ताको लागि आवेदन दिँदा उचित हुने देखिन्छ । झन्डै २० हजार नुवाकोटेले मात्र यो सेयर भरेमा पनि प्रतिव्यक्ति सबैको भागमा २० कित्ता सेयर पर्न सक्छ । यस्तै दिइएको आवेदन केही रद्ध पनि हुने भएकोले यो सेयर सबैको भागमा २०–३० कित्ता पर्ने निश्चित छ ।

Advertisement

आईपीओमा निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक, सिदार्थ बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको ९८ प्रतिशत काम पुरा
निर्माणाधीन ५ मेगावाटको जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ ।
आयोजनाको सिभिल संरचनाको काम सम्पन्न भएको कम्पनीका सचिव शुक्रराज ढंगोलले बताए । उनका अनुसार बाँध, पेनस्टक पाईपालाइन र विद्युतगृहको सिभिल संरचनाको काम सम्पन्न भएको छ ।

‘आयोजनाको हाइड्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ,’ उनले भने, ‘इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगगेको छ, बाँकी भदौभित्र पूरा गरिनेछ ।’ आयोजनाको बाँकी २ प्रतिशत काम पूरा गरेर आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको ढंगोलले बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । लाइनको टावर ठड्याउने काम सकिएको छ । तार तान्ने काम आधाभन्दा बढी पूरा भएको छ । आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तादी बेसिनमा योे आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना

प्रतिक्रिया