ओलम्पियन पौडीबाज गौरिकालाई कोरोना संक्रमण

विदुर खबर २०७८ भदौ ९ गते १७:३६

नुवाकोट । ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ ।

Advertisement

गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन ।  गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।  प्रतिस्पर्धा सकेर  बेलायत पुगेको केही सातामै उनले काेराेन स‌ंक्रमण भएकाे हाे ।

उनी आइसोलेसनमा बसेकी छन् । ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’ लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन् ।

Advertisement

प्रतिक्रिया