शेयर बजारमा करेक्सन कायमै
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/05/share-market.jpg)
नुवाकोट । बुधबार पनि नेप्सेमा करेक्सन कायमै रहेको देखिएको छ। गत विहीबारदेखिनै घट्न थालेको शेयर बजार बुधबार पनि झण्डै ५० अंकले घटेर बन्द भएको छ।
गत तीन कारोबार दिनमा नेप्से सूचक १२२.५८ अंकले घटिसकेको छ। बुधबार पनि नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि साढे ९ अंकले झरेको छ।
घटेको बजारमा कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ। मंगलबार १६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम १२ अर्बमा झरेको छ। यस दिन १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०३ रुपैयाँ बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर कारोबार भएको छ।
घटेको बजारमा पनि बुधबार जीवन विकास लघुवित्त र आइसिएफसि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने आइसिएफसि फाइनान्सको ९.९९ प्रतिशत, माउन्टेन इनर्जीको ७.६९ प्रतिशत, दिब्यश्वरी हाइड्रोको ३.२६ प्रतिशतले बढेको छ।
बुधबार पनि खानीखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ भने जानकी फाइनान्सको ६.०६ प्रतिशत, जनरल इन्स्योरेन्सको ५.६९ प्रतिशत र नेपाल फाइनान्सको ५.५६ प्रतिशतले घटेको छ।
बुधबार पनि कारोबारमा भने हाइड्रोपावरकै बर्चस्व देखिन्छ। यस दिन अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै ४८ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिद्धि हाइड्रोपावरको ४८ करोड ७० लाख, अरुण भ्याली हाइड्रोपावरको ४६ करोड ७१ लाख र नेशनल हाइड्रोपावरको ३६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेको छ जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै २.८२ प्रतिशतले घटेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया