आजदेखि तेह्रथुम पावरको आइपीओ खुल्यो

विदुर खबर २०७८ भदौ ९ गते १७:००

नुवाकाेट । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज बुधबार भदौ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।

Advertisement

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

Advertisement

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी दिने आवेदन?

Advertisement

कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँदछ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई सन् २०२१ जनवरी ४ मा ग्रेड प्रदान गरेको थियो। उक्त ग्रेडिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ ।

कस्तो कम्पनी हो?

तेह्रथुम पावर कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६६ साउन ३२ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएर कारोबार शुरु गरेको कम्पनीको हो ।

२०७५ असार ७ गतेको निर्णय अनुसार प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई २०७५ असार ३२ गते देखि कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा रहेको छ । कम्पनीको आयोजना स्थल भने तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाँउपालिकामा अवस्थित खोरुङ्गा र इवाखोलामा रहेको छ ।

कम्पनी खोरुङ्गा र इवाखोलामा माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजना (७.५ मेगावाट) बाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न विद्युत उत्पादनको अनुमति नेपाल सरकार उर्जा मन्त्रालयबाट मिति २०७३ भदौ ८ गतेका गरेको थियो ।

कम्पनीले उक्त आयोजनाबाट २०७६ फागुन १७ गतेबाट व्यवसायिक रुपमा विद्युत उत्पदान गर्दै आइरहेको छ ।

आईपीओ जारी गर्नुको उदेश्य

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (स्थानिय बासिन्दालाई ४ लाख कित्ता सहित) शेयर निष्काशनमा ल्याएको छ ।

आईपीओ निष्काशन गरेर संकलन भएको रकम कम्पनीबाट निर्माणको लागि अगाडी सारिएका माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजनाको ऋण दायित्व भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

तीन वर्षमा सञ्चित नाफा करिब ४० लाख ६२ हजार पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा ४० लाख ६२ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक २०७६/७७ सम्म कम्पनी ४२ लाख ७१ रुपैयाँ नोक्सानीमा रहेको थियो ।

यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा ७० लाख २४ हजार रुपैयाँ, आर्थिक वर्ष २०७८÷७९ मा ३६ लाख २४ हजार रुपैयाँ नोक्सानीमा रहने कम्पनीको प्रक्षेपण छ ।

 

 

प्रतिक्रिया