राष्ट्रिय महिला टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू
नुवाकोट । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ ।
मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राई सहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सृजना सिंह रहेका छन् ।
अन्य खेलाडी भने पुरानै अनुहार छन् । यसपटक शर्मिला थापाले टोलीमा स्थान बनाउन सकिनन् । यस्तै पहिलो चरणमा कोरोना कारण रेखा पौडेल टोली बाहिर रहिन् । यस्तै घुडाको शल्यक्रिया गरेकी स्ट्राइकर साबित्रा भण्डारी साम्बासमेत टोली बाहिर छिन् ।
नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ । यस्तै २१ तारिखमा हङकङको सामना गर्नेछ । यसअघि खेल नेपालमा हुने भनिए पनि कोरोना महामारीका कारण उज्वेकिस्तानमा सरेको छ ।
नेपाली टिम:
गोलरक्षक: अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ ।
डिफेण्डर: अमृता जैशी, बिमल बिक, गिता राई, हिरा कुमारी भुजेल, निशा थोकर, पुजा राना, पुनम जर्घा मगर, सृजना सिंह ।
मिडफिल्डर: अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, प्रिती राई, रजनी थोकर, रेनुका नगरकोटी, सविता राना ।
स्ट्राइकर: अनिता केसी, विमला चौधरी, इन्दिरा राई, रश्मि घिरिङ, सरु लिम्बु ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया