बाबु र श्रीमतीको हत्या अभियोगमा युवक पक्राउ

नुवाकोट । धनुषामा आफ्नै बाबु र श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको मिथिलाबिहारी नगरपालिका–५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफ्नै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिका देवी मण्डलको हत्या गरेका हुन् । सासुरा र बुहारीबिच अनैतिक सम्बन्ध रहेको आशंकामा भागेश्वरले दुवैको हत्या गरि घरनजिकैको झाडीमा खाल्डो खनेर गाडेका थिए ।
भागेश्वरले सोमवार मध्यराती दुवैलाई लाठी र डोरीले दुवैको घाँटी च्यापेर हत्या गरेको प्रहरीले जनाएको छ । सोमवार रातीदेखि नै वेपत्ता भएको दुवैको खोजी भइरहेका बेला मंगलवार विहान स्थानीयले नजिकैको आँपको बगैंचामा खाल्डो खनेर पुरिएको देखेपछि प्रहरीलाई खबर गरेको थिए । घटनापश्चात भागेश्वरलाई पक्राउ गरि सोधपुछ गर्दा उनले घटना गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।
दुवै शवको पोस्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ । स्थानीयकाअनुसार भागेश्वर एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबिच अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आएका थिए । जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको थियो । झगडाकै बिचमा हत्या भएको हो । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् ।
अभियुक्त भागेश्वरलाई हिरासतमा लिई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मनोज कुमार बस्नेतले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया