नेप्से सीइओ साउदले दिए राजीनामा
विदुर खबर
२०७८ भदौ ८ गते १७:५३
नुवाकोट । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।
राजीनामा गर्नुअघि साउद अर्थ मन्त्रालय गएका थिए । त्यहाँबाट फर्किएपछि उनले राजीनामा दिएको घोषणा गरेका हुन् । साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका छन् ।
आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीइओ साउद विवादमा तानिएका हुन् । योसँगै उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो ।
संसदको अर्थ समितिका सदस्यहरुले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओ साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया