नेप्सेमा भारी गिरावट, जलविद्युत र विकास बैंकमा पहिराे
नुवाकाेट । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलवार भारी गिरावट अाएकाे छ । मंगलवार जलविद्युत र विकास बैंकमा पहिराे जाँदा नेप्से ठुलाे मात्रामा घटेकाे हाे ।
मंगलबार १४ हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ । यसदिन आँखुखोला हाइड्रोपावर, युनिभर्सल पावर, कालिका पावर, जोशी हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर, एचआईडिसीएल, नेपाल हाइड्रो डेभलोपर, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यसैगरी पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन उर्जा विकास कम्पनी, र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशत धेरैले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सूचक ५६.०३ अंकले घटेर ३१२४.८७ बिन्दुमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२.८१ अंकले घटेर ५७७.६६ बिन्दुमा झरेको छ ।
नेप्सेमा उच्च अंकको गिरावट आएसँगै अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा कारोबार रकम पनि ४ अर्ब ३७ करोडको भारी गिरावट आएको छ । नेप्सेमा आएको पहिरोले बजार सूचक अझ घट्नसक्ने आंकलन गर्दै लगानीकर्ताले घट्दो मूल्यमा पनि अझ घटाएर शेयर खरीद गर्न खोजेको देखिन्छ ।
मंगलबार विशेषतः जलविद्युत समुहका कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ भने उच्च कारोबार हुने कम्पनीको सूचीमा पनि सोही समुहका कम्पनी अग्र स्थानमा रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया