दशैँअघि ३३ प्रतिशत नेपाली कोरोना खोप लगाइसक्ने
नुवाकोट । सरकारले दशैंअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना रहेको बताए ।
उनले हालसम्म करिब ७० प्रतिशत स्वाथ्यकर्मी लगायत फ्रन्ट लाइनरले खोप लगाइसकेका छन् । मन्त्रालयले हालसम्म करिब ३३ लाख जनताले दुवै मात्रा खोप लगाइसकेको जनाएको छ ।
राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोप आइसकेको र असोजमा २ करोड ५ लाख खोप आउने सुनिश्चितता भएको बताए । सबै नागरिकलाई खोप उपलब्ध गराउन करिब ५ करोड २२ लाख मात्रा खोप चाहिने र त्यसका लागि आवश्यक व्यवस्थापन गरिसकेको जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले चैत महिनासम्म सबैलाई खोप दिलाउने लक्ष्य पूरा हुने दाबी गरे ।
खोपका लागि अनलाइन फारम भरेकालाई धमाधम सम्पर्क गरी खोप लगाउने कार्य अघि बढाइएको यनल जानकारी दिए । ‘कोभिडबाट सबै नागरिकलाई बचाउन स्थानीय तहको सहयोगमा खोप लगाउने काम भइरहेको छ, उनले भने अबको ६ महिनाभित्र सबै नेपालीलाई खोपको सुनिश्चितता गर्नेछांै ।’
मन्त्रालयले १२–१८ उमेर समूहका लागि फाइजर र मोर्डनाको १ करोड मात्रा खोप ल्याउने तयारी गरेको छ । विश्व बैंकले उपलब्ध गराएको ऋण सहयोगले त्यसमध्ये करिब ४० लाख मात्रा खोपको लागि रकम भुक्तानीसमेत भइसकेको पनि राज्यमन्त्री श्रेष्ठले बताए ।
सरकारले ६० लाख मात्रा फाइजर खोप आगामी पौष र माघ महिनासम्ममा नेपालमा आइसक्ने बताएको छ । नेपालमा आएकामध्ये अधिकांश कोभ्याक्स सुविधा अन्तर्गत छन् । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, फाइजर, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप उपलब्ध भएका छन् ।
व्यायार, व्यवसायका साथै पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन खोप पहिलो प्राथमिकता रहेको बताउँदै राज्यमन्त्री भने, ‘१२ वर्ष उमेर समूहका सबै जनसंख्यालाई खोप लगाएपछि मात्र मुलु्क कोभिडविरुद्ध लड्न सफल हुनेछ ।’
स्वाथ्य विशेषज्ञहरूले असोज महिनामा नेपालमा कोभिडको तेस्रो लहर फैलनसक्ने चेतावनी दिएपछि सरकारले खोपलाई उच्च प्राथमिकतामा राखेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया