मानुषी लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/08/manushi-laghu-ipo-e1628661215107.jpg)
नुवाकोट । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली सोमबार बाँडफाँट हुने भएको छ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने भएको छ ।
कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।
त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेकाे ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।
पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताकाे दरले शेयर वितरण हुनेछ ।
त्यस अनुसार गोला प्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । त्यसमध्येबाटै तीन जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाउनेछन् ।
माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये ९८.४७ प्रतिशतले शेयर नपाउने देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया