एमाले बागमती प्रदेश कमिटीमा नुवाकोटका १० नेता थपिए
नुवाकोट । नेकपा एमालेको बागमती प्रदेश कमिटीमा नुवाकोटका १० जनता नेता थपिएका छन् ।
यससँगै नेकपा एमालेको बागमती प्रदेश कमिटीले पूर्णता पाएको छ । माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेर बसिरहेको समयमा एमालेले भने आफ्नो संगठन सुदृढिकरण गरेर अघि बढाइरहेको छ ।
पछिल्लो सयम एमालेको बागमती प्रदेश कमिटीले पूर्णता पाउँदा नुवाकोटबाट १० जना सदस्य थपिएका छन । जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीसहित १० जना थपिएको एमाले नुवाकोटका प्रचार विभाग प्रमुख माधवप्रसाद तिवारीले जानकारी दिए ।
बागमती प्रदेश कमिटीमा थपिएका नेताहरुमा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, भूमि समस्या समाधान आयोग नुवाकोटका सदस्य बलराम आचार्य, युवा नेता गणेश श्रेष्ठ, विजय लोप्चन रहेका छन । त्यस्तै पुराना कम्युनिस्ट नेताहरू जनार्दन भण्डारी र गोकर्णराज पाठक पनि कमिटीमा थपिएका छन ।
त्यस्तै नारायण बस्नेत, धनबहादुर तामाङ र अजितमान तामाङ पनि कमिटीमा थपिएका छन । प्रचार विभाग प्रमुख तिवारीका अनुसार त्यसअघि नै बागमती प्रदेशका आन्तरिक मामिला र भौतिक पूर्वाधार मन्त्री रहेका केशवराज पाण्डे, एमाले नुवाकोटका संस्थापक रामशरण प्याकुरेल, महिला नेतृ विन्दा ढुंगाना र विदुर नगरपालिकाका पूर्व मेयर ठाकुर गजुरेल लगायत प्रदेश कमिटीमा रहेका छन ।
एमालेले संगठन सुदृढिकरणमा तीब्रता दिँदा पालिका कमिटीदेखि प्रदेश कमिटीसम्म युवा अनुहारको बाहुल्यता देखिएको छ । बागमतीको कमिटीको अध्यक्षमा दोलखाका आनन्द पोखरेल र धादिङका खेम लोहनी सचिव रहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया