३ दिन बैंक तथा वित्तीय संस्था बन्द रहने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/08/Screenshot_2021-08-18-20-08-00-11_f598e1360c96b5a5aa16536c303cff92.jpg)
नुवाकोट । बैंक तथा वित्तीय संस्थाहरु ३ दिन लगातार बन्द हुने भएका छन् । भदौ ५ गतेदेखि ७ गतेसम्म सार्वजनिक बिदा परेका हुँदा बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
भोलि (शनिबार) नियमित सार्वजनिक विदा हो । यससँगै, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रामा समेत सार्वजनिक विदा हुने भएको हो । जसले गर्दा ग्राहकले बैंकमा अत्यावश्यक काम भएमा शुक्रबार नै सम्पन्न गराउनुपर्ने हुन्छ ।
यसअघिसम्म गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएकोमा यसपटक सरकारले देशभर विदा दिने निर्णय गरेको छ । विगतका वर्षमा गाइजात्राको दिन काठमाडौं उपत्यका बाहेकका जिल्लामा विदा हुँदैनथ्यो ।
यस अवधिमा बैंकका शाखा कार्यालय बन्द भए पनि डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ भने सञ्चालनमा आउने छन् । यस्तै बैंकहरुको एटीएम सेवा पनि नियमित रुपमा हुने छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया