नुवाकोटमा पटिल्लो २४ घण्टामा ९१ जना कोरोनामुत्त

विदुर खबर २०७८ भदौ ४ गते १४:५४

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ९१ जना कारोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ९१ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार एकसय ४३ पुगेको छ ।

ययसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७२ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ३१ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा र १६ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ५४ जनाको पिसिआर र ३२ जनाको एन्टीजेन परिक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका २३ जना रहेका छन् । यस्तै तादी गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिँदा सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकामा समान ३÷३ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

Advertisement

यस्तै किस्पाङ गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिँदा बेलकोटगढी नगरपालिका र शिवप्री गाउँपालिकामा एक ÷एक जना संक्रमित थपिएका छन ।

जिल्लामा हालसम्म ४३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । नुवाकोटमा हालसम्म २६ हजार ६ सय ९६ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया