अबदेखि मेरोशेयरको पासवर्ड बिर्सिएमा आफैले पासवर्ड रिसेट गर्न सकिने
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/08/9e42788d9ff12238af58b2ac284fe9f81629428536.jpg)
नुवाकोट । लगानीकर्ताले मेरोशेयरको पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अन्त्य भएको छ। केन्द्रिय निक्षेप प्रणाली सिडीएससीले लगानीकर्तालाई नै पासवर्ड रिसेट गर्ने विकल्प दिएको हो ।
यस संगै आज शुक्रबारदेखि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट लिंक प्राप्त गरि पासवर्ड परिवर्तन गर्ने सक्ने छन् । यस अघि पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्न सक्ने विकल्प दिएकोमा अब भने सिडीएसले ‘फरगट पासवर्ड’को विकल्प दिएको हो ।
पासवर्ड बिर्सिएमा रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिने ब्यबस्था सिडीएसले गर्न लागेको हो । यसो भएमा लगानीकर्ताले पासवर्ड बिर्सिए पनि आफै जुनसुकै समयमा परिवर्तन गर्न सक्ने छन् ।
यस्तो छ पासवर्ड रिसेट गर्ने तरिका :
१. मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने
२. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने
३.राखेको जानकारी हुबहु मिलेमा “New password has been sent to your email” भन्ने म्यासेज आउछ , र हुबहु नमिलेमा “The information you have provided doesn’t match with the registered information” भन्ने संदेश आउछ
४.जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ
५. धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा “Maximum forgot password attemped’ भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ
यस अघि भने पासवर्ड बिर्सिएमा आफ्नो डिपी अर्थात् जहाँ खाता खोलेको हो, त्यहाँ सम्पर्क गरेर पासवर्ड रिसेट गर्ने लिंक मगाउने पर्ने बाध्यता थियो । डिपी कार्यालय समयमा मात्र खुल्ने भएकोले कार्यालय समयमा बाहेक लगानीकर्ताले पासवर्ड रिसेट गर्न सक्ने विकल्प थिएन । यसको कारण लगानीकर्ताले सास्ती भोग्दै आएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया