जीवन विकास लघुवित्तको मुल्य ४ हजार नजिक
जीवन विकास लघुवित्त वित्तीय संस्था दोस्रो धेरै महँगो सेयर मूलय हुने लघुवित्त बनेको छ । साउन १४ गतेदेखि कारोबारमा आएको लघुवित्त जन्उत्थान लघुवित्तलाई उछिन्दै दोस्रो महँगो सेयर मूल्य हुने लघुवित्त बनेको हो ।
आज लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३९०६ रुपैयाँ पुगेको छ । कारोबारमा आएयता लगातार १६ दिन लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट (दैनिक १० प्रतिशतले वृद्धि) लाग्दै आएको छ ।
९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १६ कारोबार दिनमै ४ गुणाभन्दा धेरैले बढेको हो । कारोबारमा आएको दुई साता बिते पनि लघुवित्तको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । १६ कारोबार दिनमा जम्मा साढे ३ हजार कित्ता कारोबार भएको छ ।
सेयर बजारमा सूचीकृत माइक्रोफाइनान्स कम्पनीमध्ये सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनीमा महिला लघुवित्त रहेको छ । आज यसको सेयर प्रतिकित्ता ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेप्सेमा सर्वसाधरणतर्फको २० लाख कित्ता सेयर सूचीकृत भएको जीवन विकास वित्तीय सूचकका आधारमा बलियो कम्पनी रहेकाले भाउ निकै माथि जाने आशामा सेयर विक्रीमा ल्याएका छैनन् ।
लघुवित्तले गत वर्षके असार मसान्तसम्म ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल ६० करोड ८४ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३० करोड संचित रहेको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११३.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ ।
लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया