दोर्दी –१ को ५५ करोडको प्राथमिक निष्कासन हुने

विदुर खबर २०७८ भदौ ३ गते २१:४२

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रबद्धन गरेको दोर्दी– १ आयोजनाले करिब ५५ करोड मूल्यको सेयर निष्कासन गर्ने भएको छ ।

Advertisement

कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटका दोर्दी–१ जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छु्ट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित ५४ करोड ९६ लाख ६९ हजार ६ सय रुपैयाँ बराबरको ५४ लाख ९६ हजार ६ सय ९६ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीले अहिले १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माण गरीरहेको छ । निर्माणधीन आयोजनाबाट २०७६ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

Advertisement

प्रतिक्रिया