नुवाकोटमा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ भदौ ३ गते १५:१२

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय २ जनाको पिसिआर र १७ जनाको एन्टीजेन परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकाका १५ जना रहेका छन् ।

Advertisement

यस्तै ककनी गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सुर्यगढी गाउँपालिका, तादी गाउँपालिका र किस्पाङ गाउँपालिकामा समान ३÷३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकामा समान २÷ २ जनामा कोरोना संक्रमण पुष्टि हुँदा म्यागङ गाउँपालिकामा एक जना संक्रमित थपिएका छन् ।

Advertisement

यससँगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय २६ पुगेको छ । सक्रिय कोरोना संक्रमित मध्ये ४ सय ८४ जना होम आइसोलेसनमा, २७ जना अस्पतालमा र १५ जना आइसोलेसन सेन्टरमा उपचार गरिरहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४९ जना कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ५२ पुगेको छ ।

जिल्लामा हालसम्म ४३ जना कोरोना संक्रमित मृत्यु भइसकेको छ । हालसम्म जिल्लामा २५ हजार ६ सय १० जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया