पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो पूर्ण बैठक नुवाकोटमा

विदुर खबर २०७८ भदौ ३ गते ९:०७

नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक नुवाकोटमा हुने भएको छ ।

Advertisement

समितिका अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बुधबार बसेको भर्चुअल बैठकले आगामी भदौ ११ र १२ गते नुवाकोटको बिदुरमा दोस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको महासचिव कृष्ण सारुमगरले जानकारी दिएका छन् ।

बैठकमा बागमती क्षेत्रका संचारकर्मी र संचारमाध्यमहरुको संरक्षण र प्रबद्र्धन, कोरोना महामारी नियन्त्रण र रोकथाममा महासंघको भुमिका, पत्रकारहरुको क्षमता र दक्षता अभिबृद्धीका लागि अपनाईनु पर्ने रणनीतिहरुका साथै साँगठनिक सुदृढिकरण र सदस्यता सुद्धिकरणका बिषयमा समेत महत्वपूर्ण निर्णय लिईने महासचिव सारुमगरले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया