रसुवामा पहिरो जाँदा ४ जना वेपत्ता, एक जना घाईते
विदुर खबर
२०७८ भदौ ३ गते ८:१३

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरो जाँदा ४ जना वेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
बिहिबार विहान करिब ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा चार जना बेपत्ता भएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार अत्याधिक वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले स्थानीय श्याम बहादुर ग्लानको घर पुरिएको हो । ग्लान घर बाहिर सुतेका कारण पहिरोमा परि घाइते भएका हुन् ।
उनलाई गाउँलेहरूले उद्दार गरि उपचारका लागि अस्पताल पु¥याएका छन् ।
सडक माथिबाट पहिरो खस्दा घरभित्र सुतिरहेकी ग्लानकी श्रीमती, दुई छोरि र एक छोरा बेपता भएका छन् ।
Advertisement
पहिरोले पुरिएर हराएका चारै जनाको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया