नुवाकोटमा सक्रिय कोरोना संक्रमति ६ सय २५ पुग्यो

विदुर खबर २०७८ भदौ १ गते २१:३०

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संखया ६ सय २५ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय २४ पुगेको हो ।

सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ७५ होम आइसोलेसनमा, २९ जना अस्पतालमा र २१ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयको भनाइ रहेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ९२ जनाको पिसिआर र ४३ जनाको एन्टीजेन परिक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विदुर नगरपालिकामा २५ जनामा कोरोना संक्रमित थपिएका छन् भने किस्पाङ गाउँपालिकामा ५ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

त्यस्तै बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिकाका समान ४÷४ जनामा कोरोना संक्रमण पुष्टि ह्ँदा तादी गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै शिवपुरी गाउँपालिकामा २ जनामा कोरोना देखिँदा सुर्यगढी, दुप्चेश्वर र म्यागङ गाउँपालिकाका समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा हालसम्म ४४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

नुवाकोटमा हालसम्म २५ हजार ३ सय ६४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

विदुर नगरपालिकामा संक्रमित बढ्दै

विदुर नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिललो २४ घण्टामा नगरपालिकमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिललो २४ घण्टामा भेटिएका संक्रमितमध्ये १६ जना महिला र ९ जना पुरुष रहेका छन् ।

यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ८७ पुगेको छ । संक्रमितमध्ये एकहजार ७ सय ४३ पुरुष र एक हजार एक सय ४४ जना महिला रहेका छन् ।

नगरपालिकाका २ सय ६६ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् । नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ जना पुगेको ।

विदुर नगरपालिकाका हालसम्म ३ हजार ४ सय ४५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया