धादिङमा सवारी दुर्घटनामा एकको मृत्यु, १२ जना घाइते
विदुर खबर
२०७८ भदौ १ गते ८:५०
नुवाकोट । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् ।
तीमध्ये चार जनाको अवस्था गम्भीर छ । ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया