कुलमानको नियुक्ति विरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

विदुर खबर २०७८ साउन ३२ गते २०:४९

नुवाकोट । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।

Advertisement

शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई संविधान र कानुन विपरीत नियुक्त गरेकाले त्यससम्बन्धी सबै काम बदरको माग गर्दै उनले रिट निवेदन दर्ता गराएका हुन् ।

आफूले पदबाट राजीनामा पनि नदिएको र वैधानिक रूपमा आफूलाई उक्त पदबाट मुक्त नगरेको तर घिसिङलाई नियुक्त गरिएको भन्दै शाक्य सर्वोच्च पुगेका हुन् ।

Advertisement

मन्त्रिपरिषद्को साउन २५ गतेको बैठकले घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो ।

 

Advertisement

प्रतिक्रिया