अफगान विमानस्थलमा देखिएको कारुणिक दृश्य
विदुर खबर
२०७८ साउन ३२ गते ११:५२
एजेन्सी । विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तान विमानस्थलमा देश छाड्ने मानिसको घुँइचो लागेको छ ।
आइतबार अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेसँगै काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेको तालीवानले विजय हाँसिल गरेको घोषणा गरेको छ ।
तालिवानको कब्जामा परेसँगै अफगानिस्तान छाड्न चाहने नागरिककाे हुलले विमानस्थलनै अस्तव्यस्त बनेको छ । त्यस्तै, अमेरिकासहित पश्चिमा देशहरूले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । हाल, सामाजिक सञ्जालमा राखिएको भिडियोले विमानस्थलको कारुणिक दृश्यको बयान गरिरहेको छ ।
मानिसहरु विमानमा चढ्न हानथाप गरिरहेका छन् भने महिलाहरु बच्चासहित विमास्थलतर्फ दौडिरहेको देखिन्छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया