नुवाकाेटमा काेराेनाकाे ग्राफ बढ्दै, विदुर डेन्जर जाेनमा

विदुर खबर २०७८ साउन ३० गते १९:१२

नुवाकोट । नुवाकोटमा कोरोना संक्रिमतको संख्या बढ्रदै गएपछि सदरमुकाम विदुर नगरपालिका डेन्जर जोनमा पर्न थालको छ ।

Advertisement

जिल्लामा दैनिक ६० जनाभन्दा बढी कोरोना संक्रमित भेटिदा विदुर नगरपालिकामा मात्रै झन्डै ३ दर्जन संक्र्रमित भेटिन थालेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिललो २४ घण्टामा जिल्लामा ८९ जनाको पिसिआर र ६१ जनाको एनटीजेन परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी विदुर नगरपालिकामा २९ जना संक्रमित थपिएका छन् भने तारकेश्वर गाउँपालिकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै बेलकोटगढी नगरपालिकामा ४ जना कोरोना संक्रमित थपिँदा र ३ जना म्यागङ गाउँपालिकामा भेटिएका छन् ।

Advertisement

यस्तै शिवपुरी गाउँपालिका, तादी गाउँपालिका र किस्पाङ गाउँपालिकामा समान २÷२ जना कोरोना संक्रमित भेटिएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ हजार ७ सय ६५ पुगेको छ ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । जिल्लामा हालसम्म २५ हजार ९१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया