नुवाकोटमा आज ६१ जना संक्रमित थपिए

विदुर खबर २०७८ साउन २९ गते २१:५९

नुवाकोट । नुवाकोटमा आज ६१ जना कोरोना संक्रमित थपिएका छन्

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ८३ जनाको पिसिआर र ७१ जनाको एन्टीजेन परिक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २० जना विदुर नगरपालिकाका रहेका छन् भने ककनी गाउँपालिका र तादी गाउँपालिकामा सामान १२÷१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

यस्तै किस्पाङ गाउँपालिकामा ४ जना संक्रमित थपिँदा बेलकोगढी नगरपालिका र म्यागङ गाउँपालिकामा सामान ३÷३ जनामा कोरोना संक्रमित भेटिएका हुन् । त्यस्तै सुर्यगढी गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकामा २÷२ जना संक्रमिथ थपिएका हुन् । त्यस्तै पन्चकन्या गाउँपालिकामा एक जना कोरोना संक्रमित देखिएका हुन् ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय १४ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय १८ पुगेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । सक्रिय कोरोना संक्रमितमध्ये ५ सय ६६ जना होम आइसोलेसनमा, १९ जना आइसोलेसन सेन्टरमा र ३३ जना अस्पतालमा उपचाररत रहेको कार्यालयको भनाइ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या ६ हजार ७ सय ५३ पुगेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ४३ जनाको न्यान गइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

नुवाकोटमा हालसम्म २४ हजार ९ सय ४१ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया